१. नेपाल उद्योग परिसंघको आयोजना
तथा नेपाल सरकारको समेत सहयोगमा पहिलोपटक नेपाल पूर्वाधार सम्मेलन कहिले सम्पन्न
भयो ?
-
वि.सं.२०७१ कार्तिक २५-२६
२. वनजंगलको संरक्षण तथा जलवायु
परिवर्तनबाट उत्पन्न हुने क्षति न्यूनिकरण गर्ने सम्बन्धमा एकीकृत धारणा बनाउन
दक्षिण एसियाली मुलुकसहित एसिया प्रशान्त क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी
संस्थाहरुको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
-
वि.सं.२०७१ असोज २५-२७ काठमाडौं
३. नेपालमा कर दिवस कहिले मनाइन्छ
?
-
मंसिर १ (२०६९ सालदेखि मनाउन
शुरु)
४. उत्कृष्ट व्यावसायिक कृषकलाई
प्रोत्साहन एवं सम्मान गर्ने उदेश्यले आ.व.२०७२/०७३ देखि प्रदान गर्ने गरी
सरकारद्वारा स्थापित पुरस्कार कुन हो ?
-
राष्ट्रपति उत्कृष्ट कृषक
पुरस्कार
५. परिवर्तित परिस्थितिले सिर्जना
गरेको स्वास्थ्यसम्बन्धी चुनौतिको पहिचान गरी तिनीहरुको सम्वर्धनका लागि सरकारले
नयाँ स्वास्थ्य नीति २०७१ कहिले सार्वजनिक गर्यो ?
-
वि.सं.२०७१ साउन २३ गते
६. सुर्तीजन्य पदार्थको उत्पादन
गर्दै आएका उद्योगहरुले अब सुर्तीको प्याकेटको कित प्रतिशत भागमा चेतावनीमूलक
सन्देश र घातक चिन्ह राख्नुपर्ने भएको छ ?
-
९० प्रतिशत
७. सबैभन्दा कम उमेरमा नोवेल
पुरस्कार प्राप्त गर्ने बालअधिकारकर्मी को हुन् ?
-
मलाला युसुफजाई
८. नेपाल सरकारले वि.सं.२०७१ वैशाख
२५ मा थप कति नयाँ नगरपालिका घोषणा गरेको छ ?
-
७२
९. वलिउडका चर्चित निर्देशक रवि
चोपडाको निधन कहिले भयो ?
-
सन् २०१४ नोभेम्वर १२
१०. नगरपालिका हुनका लागि तराई तथा
पहाडमा कम्तीमा २० हजार जनसंख्या हुनुपर्दछ भने हिमालमा कति हुनुपर्ने प्रावधान
रहेको छ ?
-
१० हजार
११. सरकारले वि.सं.२०७१ वैशाख २५ मा
योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गरेको छ ?
-
प्रा.डा.गोविन्दराज पोखरेल
१२. सन् २०१४ अक्टोवर ३० मा
मलेसियामा सम्पन्न आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ३ च्याम्पियनसीपको उपाधि
जित्ने राष्ट्र कुन हो ?
-
नेपाल
१३. केन्द्रीय तथ्यांक विभागले
छैटौं राष्ट्रिय कृषि गणनाको नतिजा कहिले सार्वजनिक गर्यो ?
-
वि.सं.२०७० पुस ९
१४. एसियन इन्फ्रास्ट्रक्चर
इन्भेष्टमेन्ट बैङ्क (एआईआईबी) को स्थापनाका लागि औपचारिक समझदारी पत्रमा कहिले
हस्ताक्षर भएको छ ?
-
सन् २०१४ अक्टोवर २४
१५. सरकारले वैदेशिक सहायता नीति
२०५९ लाई प्रतिस्थापन गर्दै विकास सहायता नीति २०७१ कहिले सार्वजनिक गर्यो ?
-
वि.सं.२०७१ जेठ १३
१६. सन् २०१४ जुन १२ देखि जुलाई १३
सम्म ब्राजिलमा सम्पन्न भएको २० औं विश्वकप फुटवल प्रतियोगितामा सर्वाधिक गोल गरी
गोल्डेन बुट विजेता बन्ने खेलाडी को हुन् ?
-
जेम्स रोड्रिगेज (कोलम्विया)
सर्वाधिक ६ गोल गरेका
१७. विश्वकप फुटवल प्रतियोगितामा
कुलिङ ब्रेक को व्यवस्था कहिलेदेखि भएको हो ?
-
सन् २०१४ विसौं विश्वकप
१८. जनस्वास्थ्यका लागि इवोलाले
अन्तर्राष्ट्रिय स्तरमा आपतकालीन अवस्था सिर्जना भएको घोषणा विश्व स्वास्थ्य
सङ्गठनले कहिले गर्यो ?
-
सन् २०१४ अगष्ट ८
१९. विश्वमा इवोला रोग सर्वप्रथम
कहिले पत्ता लागेको हो ?
-
सन् १९६५
२०. हालसम्म पत्ता लागेका इवोला
भाइरसका पाँच प्रजाति अन्तर्गत पर्ने प्रजाति कुन कुन हुन् ?
-
Zaire Ebola Virus & Sudan Ebola
Virus
-
Tai Forest Ebola Virus
-
Bandibugyo Ebola Virus & Reston
Ebola Virus
२१. संयुक्त राष्ट्रसंघ का महासचिव
वान कि मुनले नेपालको दुई दिने भ्रमण कहिले गरेका थिए ?
-
वि.सं.२०६५ कार्तिक १५-१६
२२. भारतको वाणिज्य राजधानीका रुपमा
चिनिने मुम्वइमा इस्लामिक उग्रवादी सङ्गठन डेक्कन मुजाहिद्धन ले त्रासदीपूर्ण
आतङकवादी हमला कहिले गरेको थियो ?
-
सन् २००८ नोभेम्वर २६
२३. वैज्ञानिकहरुले ब्रह्माण्डको
उत्पतिसम्बन्धी रहस्य पत्ता लगाउन सन् २००८ सेप्टेम्वरमा गरेको परीक्षणलाई के भनी
चिनिन्छ ?
-
Large Hadron Collider
२४. शाहवंशीय राजाहरु बस्दै आएको
नारायणहिटी दरवारमा पहिलोपल्ट गणतान्त्रिक नेपालको राष्ट्रिय झण्डा कहिले फहराइयो
?
-
वि.सं.२०६५ असार १
२५. डा.रामवरण यादव नेपालको पहिलो
राष्ट्रपतिका रुपमा कहिले निर्वाचित भएका हुन् ?
-
वि.सं.२०६५ साउन ६
२६. ३५ हजार व्यक्ति नेपालका
राष्ट्रिय झण्डा आकारमा उभिएर सबैभन्दा ठूलो मानव झण्डाको कीर्तिमान कहिले राखियो
?
-
वि.सं.२०७१ भदौ ७
२७. नेपाल र भारतवीच वि.सं.२०७१ भदौ
१९ मा भएको विद्युत व्यापारसम्बन्धी प्रारम्भिक सम्झौतामा अन्तिम हस्ताक्षर कहिले
गरियो ?
-
वि.सं.२०७१ कार्तिक ४
२८. वि.सं.२०७१ मङ्सिर १० र ११ मा
काठमाडौंमा आयोजित १८ औं सार्क शिखर सम्मेलनको नारा के रहेको छ ?
-
शान्ति र सम्वृद्धिका लागि गहन
सम्मेलन
२९. मृत मानिसको मुटु विरामी
व्यक्तिमा प्रत्यारोपण गर्न सफल अष्ट्रेलियामा कार्यरत नेपाली चिकित्सक को हुन् ?
-
डा.कुमुद धिताल
३०. बीपी कोइराला मेमोरियल
प्लानेटोरियम अव्जरभेटरी तथा विज्ञान सङ्ग्रहालय कहाँ स्थापना गरिएको छ ?
-
कीर्तिपुर¸काठमाडौं (२०७१ असोज १
गतेदेखि सञ्चालित)
३१. नेपालको सबैभन्दा अग्लो
झोलुङ्गे पुल कुन हो ?
-
कुस्मा र बलेवा जोड्ने
कालिगण्डकी नदीमाथि निर्मित पूल
३२. विश्वको सबैभन्दा कान्छो देश
कुन हो ?
-
दक्षिणी सुडान
३३. नेपालमा एउटै नामले दुईतिर
बग्ने नदी कुन हो ?
-
राप्ती
३४. औषधी पसललाई व्यवस्थित¸मर्यादित तथा उपभोक्ताप्रति
थप जिम्मेवार बनाउने उदेश्यका साथ औषधी व्यवस्था विभागले ल्याएको औषधी विक्री
वितरण संहिता २०७१ कहिलेबाट लागू हुनेछ ?
-
वि.सं.२०७२ बैशाख १
३५. वि.सं.२०७१ कार्तिक
२९ देखि मंसिर २ गतेसम्म सञ्चालन भई सम्पन्न भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा
नेपाललगायत कति देशको सहभागिता रहेको थियो ?
-
३