Breaking News
Loading...

नेपालको संवैधानिक विकासक्रम

संविधान कस्तो कानून हो ?
- मूल कानून

नेपालको पहिलो लिखित संविधान कुन हो ?
- नेपाल सरकार वैधानिक कानून, २००४

नेपाल सरकार वैधानिक कानून, २००४ कसबाट जारी भएको हो ?
- पद्‍म शमशेर ज.व.रा.बाट ( वि.सं.२००४ माघ १३ गते)

नेपाल सरकार वैधानिक कानून, २००४ कहिलेदेखि जारी हुने भनि घोषणा गरिएको थियो ?
- वि.सं.२००५ वैशाख १ देखि

नेपाल सरकार वैधानिक कानून, २००४ को प्रस्तावनामा कसको प्रशस्तिको उल्लेख गरिएको थियो ?
- श्री ५ त्रिभुवन

नेपाल सरकार वैधानिक कानून, २००४ मा कति भाग, कति दफा र कति अनुसूची रहेका थिए ?
- ६ भाग ६८ दफा र १ अनुसूची

हालको लोक सेवा आयोगलाई नेपाल सरकार वैधानिक कानून, २००४ मा कुन नामले व्यवस्था गरिएको थियो ?
- दरखास्त परिषद



0 comments:

Post a Comment