Breaking News
Loading...

२०७१ मंसिर ३ गते बुधवार गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्‍नोत्तर



१. नेपाल उद्योग परिसंघको आयोजना तथा नेपाल सरकारको समेत सहयोगमा पहिलोपटक नेपाल पूर्वाधार सम्मेलन कहिले सम्पन्न भयो ?


-    वि.सं.२०७१ कार्तिक २५-२६


२. वनजंगलको संरक्षण तथा जलवायु परिवर्तनबाट उत्पन्न हुने क्षति न्यूनिकरण गर्ने सम्बन्धमा एकीकृत धारणा बनाउन दक्षिण एसियाली मुलुकसहित एसिया प्रशान्त क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरुको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?


-    वि.सं.२०७१ असोज २५-२७ काठमाडौं


३.  नेपालमा कर दिवस कहिले मनाइन्छ ?


-    मंसिर १ (२०६९ सालदेखि मनाउन शुरु)


४. उत्कृष्ट व्यावसायिक कृषकलाई प्रोत्साहन एवं सम्मान गर्ने उदेश्यले आ.व.२०७२/०७३ देखि प्रदान गर्ने गरी सरकारद्वारा स्थापित पुरस्कार कुन हो ?


-    राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार


५. परिवर्तित परिस्थितिले सिर्जना गरेको स्वास्थ्यसम्बन्धी चुनौतिको पहिचान गरी तिनीहरुको सम्वर्धनका लागि सरकारले नयाँ स्वास्थ्य नीति २०७१ कहिले सार्वजनिक गर्‍यो ?


-    वि.सं.२०७१ साउन २३ गते


६. सुर्तीजन्य पदार्थको उत्पादन गर्दै आएका उद्योगहरुले अब सुर्तीको प्याकेटको कित प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक चिन्ह राख्‍नुपर्ने भएको छ ?


-    ९० प्रतिशत


७. सबैभन्दा कम उमेरमा नोवेल पुरस्कार प्राप्त गर्ने बालअधिकारकर्मी को हुन् ?


-    मलाला युसुफजाई


८. नेपाल सरकारले वि.सं.२०७१ वैशाख २५ मा थप कति नयाँ नगरपालिका घोषणा गरेको छ ?


-    ७२


९. वलिउडका चर्चित निर्देशक रवि चोपडाको निधन कहिले भयो ?


-    सन् २०१४ नोभेम्वर १२


१०.  नगरपालिका हुनका लागि तराई तथा पहाडमा कम्तीमा २० हजार जनसंख्या हुनुपर्दछ भने हिमालमा कति हुनुपर्ने प्रावधान रहेको छ ?


-    १० हजार


११.  सरकारले वि.सं.२०७१ वैशाख २५ मा योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गरेको छ ?


-    प्रा.डा.गोविन्दराज पोखरेल


१२. सन् २०१४ अक्टोवर ३० मा मलेसियामा सम्पन्न आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ३ च्याम्पियनसीपको उपाधि जित्ने राष्ट्र कुन हो ?


-    नेपाल


१३.   केन्द्रीय तथ्यांक विभागले छैटौं राष्ट्रिय कृषि गणनाको नतिजा कहिले सार्वजनिक गर्‍यो ?


-    वि.सं.२०७० पुस ९


१४.  एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैङ्क (एआईआईबी) को स्थापनाका लागि औपचारिक समझदारी पत्रमा कहिले हस्ताक्षर भएको छ ?


-    सन् २०१४ अक्टोवर २४


१५.  सरकारले वैदेशिक सहायता नीति २०५९ लाई प्रतिस्थापन गर्दै विकास सहायता नीति २०७१ कहिले सार्वजनिक गर्‍यो ?


-    वि.सं.२०७१ जेठ १३


१६. सन् २०१४ जुन १२ देखि जुलाई १३ सम्म ब्राजिलमा सम्पन्न भएको २० औं विश्वकप फुटवल प्रतियोगितामा सर्वाधिक गोल गरी गोल्डेन बुट विजेता बन्ने खेलाडी को हुन् ?


-    जेम्स रोड्रिगेज (कोलम्विया) सर्वाधिक ६ गोल गरेका


१७. विश्वकप फुटवल प्रतियोगितामा कुलिङ ब्रेक को व्यवस्था कहिलेदेखि भएको हो ?


-    सन् २०१४ विसौं विश्वकप


१८. जनस्वास्थ्यका लागि इवोलाले अन्तर्राष्ट्रिय स्तरमा आपतकालीन अवस्था सिर्जना भएको घोषणा विश्व स्वास्थ्य सङ्गठनले कहिले गर्‍यो ?


-    सन् २०१४ अगष्ट ८


१९. विश्वमा इवोला रोग सर्वप्रथम कहिले पत्ता लागेको हो ?


-    सन् १९६५


२०.  हालसम्म पत्ता लागेका इवोला भाइरसका पाँच प्रजाति अन्तर्गत पर्ने प्रजाति कुन कुन हुन् ?


-    Zaire Ebola Virus & Sudan Ebola Virus


-    Tai Forest Ebola Virus


-    Bandibugyo Ebola Virus & Reston Ebola Virus


२१. संयुक्त राष्ट्रसंघ का महासचिव वान कि मुनले नेपालको दुई दिने भ्रमण कहिले गरेका थिए ?


-    वि.सं.२०६५ कार्तिक १५-१६


२२. भारतको वाणिज्य राजधानीका रुपमा चिनिने मुम्वइमा इस्लामिक उग्रवादी सङ्गठन डेक्कन मुजाहिद्धन ले त्रासदीपूर्ण आतङकवादी हमला कहिले गरेको थियो ?


-    सन् २००८ नोभेम्वर २६


२३. वैज्ञानिकहरुले ब्रह्माण्डको उत्पतिसम्बन्धी रहस्य पत्ता लगाउन सन् २००८ सेप्टेम्वरमा गरेको परीक्षणलाई के भनी चिनिन्छ ?


-    Large Hadron Collider


२४. शाहवंशीय राजाहरु बस्दै आएको नारायणहिटी दरवारमा पहिलोपल्ट गणतान्त्रिक नेपालको राष्ट्रिय झण्डा कहिले फहराइयो ?


-    वि.सं.२०६५ असार १


२५. डा.रामवरण यादव नेपालको पहिलो राष्ट्रपतिका रुपमा कहिले निर्वाचित भएका हुन् ?


-    वि.सं.२०६५ साउन ६


२६. ३५ हजार व्यक्ति नेपालका राष्ट्रिय झण्डा आकारमा उभिएर सबैभन्दा ठूलो मानव झण्डाको कीर्तिमान कहिले राखियो ?


-    वि.सं.२०७१ भदौ ७


२७. नेपाल र भारतवीच वि.सं.२०७१ भदौ १९ मा भएको विद्युत व्यापारसम्बन्धी प्रारम्भिक सम्झौतामा अन्तिम हस्ताक्षर कहिले गरियो ?


-    वि.सं.२०७१ कार्तिक ४


२८.  वि.सं.२०७१ मङ्सिर १० र ११ मा काठमाडौंमा आयोजित १८ औं सार्क शिखर सम्मेलनको नारा के रहेको छ ?


-    शान्ति र सम्वृद्धिका लागि गहन सम्मेलन


२९.  मृत मानिसको मुटु विरामी व्यक्तिमा प्रत्यारोपण गर्न सफल अष्ट्रेलियामा कार्यरत नेपाली चिकित्सक को हुन् ?


-    डा.कुमुद धिताल


३०.  बीपी कोइराला मेमोरियल प्लानेटोरियम अव्जरभेटरी तथा विज्ञान सङ्ग्रहालय कहाँ स्थापना गरिएको छ ?


-    कीर्तिपुर¸काठमाडौं (२०७१ असोज १ गतेदेखि सञ्चालित)


३१.   नेपालको सबैभन्दा अग्लो झोलुङ्गे पुल कुन हो ?


-    कुस्मा र बलेवा जोड्ने कालिगण्डकी नदीमाथि निर्मित पूल


३२. विश्वको सबैभन्दा कान्छो देश कुन हो ?


-    दक्षिणी सुडान


३३.  नेपालमा एउटै नामले दुईतिर बग्ने नदी कुन हो ?


-    राप्ती


३४. औषधी पसललाई व्यवस्थित¸मर्यादित तथा उपभोक्ताप्रति थप जिम्मेवार बनाउने उदेश्यका साथ औषधी व्यवस्था विभागले ल्याएको औषधी विक्री वितरण संहिता २०७१ कहिलेबाट लागू हुनेछ ?


-    वि.सं.२०७२ बैशाख १


३५.  वि.सं.२०७१ कार्तिक २९ देखि मंसिर २ गतेसम्म सञ्चालन भई सम्पन्न भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा नेपाललगायत कति देशको सहभागिता रहेको थियो ?


-   



0 comments:

Post a Comment