बिश्वप्रसिद्ध फोर्ब्स पत्रिकाले नेपाललाई ‘ट्रेकिङको स्वर्ग’को उपमा दिँदै जीवनमा एकपटक घुम्नै पर्ने दश स्थानमा सूचीकृत गरेको छ ।
पत्रिकाको अनलाइन संस्करणकी नियमित लेखक अन एबेलले नेपाल विस्तारै ‘आरामदायी गन्तब्य’ बन्न थालेकाले सन् २०१५ मा घुम्नैपर्ने सुझाव दिएकी छिन् ।
नेपाल कला संस्कृतिका लागि धनी रहेकाले त्यसको आनन्द लिन सुझाव दिँदै उनले पर्यटकलाई भनेकी छिन- संसारकै अग्लो शिखरमाथि उदाउने सूर्य हेर्नुहोस्, हिमाली उपत्यका घुम्नुहोस, माटोका भाडाँ बनाउने कारखाना घुम्नुहोस, मनै बहलाउने मन्दिर र स्मारकहरुमा पुग्नुहोस र फेवा तालमा डुंगा चढ्नुहोस् ।’ फेवा तालमा देखिने हिमाली छायाँको चर्चा गर्दै उनले फेवा तालमा डुंगा चढ्न सुझाव दिएकी छिन् ।
साथै उनले हालै सार्क नेताहरुले रिट्रिटमा प्रयोग गरेको द्वारिका होटलमा पुगेर बस्न र भिडले त्यो ठाउँ पत्ता नलगाउँदै त्यहाँको आनन्द लिन सुझाव दिएकी छिन् ।
फोर्व्स पत्रिकाले सूचीकृत गरेको सन् २०१५ मा घुम्नैपर्ने १० स्थानहरु
नेपाल
अमेरिकाको नेसनल पार्क,
भियतनाम,
मोरक्को,
जापान,
तास्मानिया,
कोलम्बिया,
अर्जेन्टिना,
पाटागोनिया र
श्रीलंका






0 comments:
Post a Comment