Breaking News
Loading...

नेपालको धरातलीय स्वरुप एवं प्राकृतिक बनोट

१. नेपाल कुन देशान्तर रेखाबीच अवस्थित छ ?
- ८० डिग्री ४ मिनेट पूर्वी देशान्तर देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म

२. नेपाल कुन अक्षांश रेखाबीच अवस्थित छ ?
- २६ डिग्री २२ मिनेट उत्तरी अक्षांश देखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश सम्म

३. नेपालको पूर्व मेची देखि पश्‍चिम महाकालीसम्मको औसत लम्वाई कति छ ?
- ८८५ कि.मि.

४. नेपालको उत्तरदेखि दक्षिणसम्मको अधिकतम चौडाइ कति छ ?
- २४१ कि.मि.

५. नेपालको उत्तर-दक्षिण औसत चौडाइ कति छ ?
- १४५ कि.मि.

६. नेपालको कूल क्षेत्रफल कति छ ?
- १,४७,१८१ वर्ग कि.मि. (५६, ८२७ वर्ग माइल)

७. नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि.कहिलेदेखि कायम भएको हो ?
- वि.सं.२०३६ देखि

८. भौगोलिक अवस्थितिको हिसाबले नेपाल कस्तो मुलुक हो ?
- भूपरिवेष्ठित

९. नेपालको सीमानादेखि नजिकमा रहेको सामुन्द्रिक इलाका कुन हो ?
- वंगालको खाडी (हिन्द महासागर)

१०. नेपालको सिमानादेखि वंगालको खाडी कति दूरीमा रहेको छ ?
- ११२६ कि.मि.

११. नेपालको उत्तरी सीमाना चीनको स्वशासित क्षेत्र तिव्वतसँग कति दूरीको लम्बाइसम्म जोडिएको छ ?
- ८५० कि.मि.

१२. नेपालको पूर्व, दक्षिण र पश्‍चिम सीमाना भारतसँग कति दूरीको लम्बाइसम्म जोडिएको छ ?
- ११८५ कि.मि.

१३. नेपालको पूर्व, पश्‍चिम तथा दक्षिणमा भारतको कुन-कुन प्रदेश पर्दछ ?
- पूर्वः बंगाल
- पश्‍चिमः उत्तराञ्चल प्रदेश
- दक्षिणः उत्तर प्रदेश र विहार प्रदेश

१४. चीन र भारत दुवै राष्ट्रलाई छुने नेपालका अञ्चलहरु कति छन् ?
- ६

१५. चीनसँग मात्र सीमाना जोडिएका नेपालका अञ्चलहरु कति छन् ?
- ४

0 comments:

Post a Comment