Breaking News
Loading...

अन्तर्राष्ट्रिय मञ्चको असोज अंकबाट

१. कर्णाली अञ्चलको सदरमुकाम जुम्लामा रहेको प्रसिद्ध चन्दननाथ मन्दिरमा मुख्य रुपमा कुन देवताको मूर्ति रहेको छ ?
- दत्तात्रेय

२. बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वंगाल खाडीको प्रयास (विमस्टेक) को सचिवालय कुन देशमा रहेको छ ?
- बंगदादेश

३. नेपालको प्रसिद्ध शक्तिपीठहरुमध्ये एक मानिएको छिन्नमस्ता भगवतीको पीन कुन जिल्लामा रहेको छ ?
- सप्तरी

४. सीमान्तकृत सन्थ्याल समुदायको बसोबास कुन जिल्लामा रहेको पाइन्छ ?
- झापा

५. प्रत्येक वर्ष प्रदान गरिने विश्वको सर्वश्रेष्ठ पुरस्कार मानिएको नोवेल पुरस्कारको घोषणा पहिला कुन विषयमा गरिन्छ ?
- चिकित्सा विज्ञान

६. प्रत्येक ४/४ वर्षमा आयोजना हुने अठारौं एसियाली खेलकुद प्रतियोगिता सन् २०१८ मा एसियाको कुन शहरमा हुदैछ ?
- जाकर्ता

७. राप्ती अञ्चलको कुन जिल्लामा करिव दुई दशक अघि पत्ता लागेको चमेरी गुफा रहेको छ ?
- दाङ

८. नेपालको कुन राष्ट्रिय निकुञ्जमा बाह्रसिंगा जस्तो तर त्यो भन्दा विल्कुलै फरक संरक्षण सूचीमा रहेको जनावर चौसिंगा पाइन्छ ?
- बाँके राष्ट्रिय निकुञ्ज

९. खैजडी बजाएर नाच्दै गाइने पुराण कथाहरुमा आधारित लोक गाथालाई के भनिन्छ ?
- बालन

१०. आलु, मकै गोड्दा वरिपरिबाट उठाउने माटोलाई के भनिन्छ ?
- उकेरा


0 comments:

Post a Comment