Breaking News
Loading...

राष्ट्रिय तथा अन्तराष्ट्रिय नविनतम गतिविधि

नेपाल उद्योग परिसंघको आयोजना तथा नेपाल सरकारको समेत सहयोगमा पहिलोपटक नेपाल पूर्वाधार सम्मेलन कहिले सम्पन्न भयो ?

-    वि.सं.२०७१ कार्तिक २५-२६

वनजंगलको संरक्षण तथा जलवायु परिवर्तनबाट उत्पन्न हुने क्षति न्यूनिकरण गर्ने सम्बन्धमा एकीकृत धारणा बनाउन दक्षिण एसियाली मुलुकसहित एसिया प्रशान्त क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरुको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

-    वि.सं.२०७१ असोज २५-२७ काठमाडौं


नेपालमा कर दिवस कहिले मनाइन्छ ?

-    मंसिर १ (२०६९ सालदेखि मनाउन शुरु)

उत्कृष्ट व्यावसायिक कृषकलाई प्रोत्साहन एवं सम्मान गर्ने उदेश्यले आ.व.२०७२/०७३ देखि प्रदान गर्ने गरी सरकारद्वारा स्थापित पुरस्कार कुन हो ?

-    राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

परिवर्तित परिस्थितिले सिर्जना गरेको स्वास्थ्यसम्बन्धी चुनौतिको पहिचान गरी तिनीहरुको सम्वर्धनका लागि सरकारले नयाँ स्वास्थ्य नीति २०७१ कहिले सार्वजनिक गर्‍यो ?

-    वि.सं.२०७१ साउन २३ गते

सुर्तीजन्य पदार्थको उत्पादन गर्दै आएका उद्योगहरुले अब सुर्तीको प्याकेटको कित प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक चिन्ह राख्‍नुपर्ने भएको छ ?

-    ९० प्रतिशत

सबैभन्दा कम उमेरमा नोवेल पुरस्कार प्राप्त गर्ने बालअधिकारकर्मी को हुन् ?

-    मलाला युसुफजाई

नेपाल सरकारले वि.सं.२०७१ वैशाख २५ मा थप कति नयाँ नगरपालिका घोषणा गरेको छ ?

-    ७२

वलिउडका चर्चित निर्देशक रवि चोपडाको निधन कहिले भयो ?

-    सन् २०१४ नोभेम्वर १२

नगरपालिका हुनका लागि तराई तथा पहाडमा कम्तीमा २० हजार जनसंख्या हुनुपर्दछ भने हिमालमा कति हुनुपर्ने प्रावधान रहेको छ ?

-    १० हजार

सरकारले वि.सं.२०७१ वैशाख २५ मा योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गरेको छ ?

-    प्रा.डा.गोविन्दराज पोखरेल

सन् २०१४ अक्टोवर ३० मा मलेसियामा सम्पन्न आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ३ च्याम्पियनसीपको उपाधि जित्ने राष्ट्र कुन हो ?

-    नेपाल

केन्द्रीय तथ्यांक विभागले छैटौं राष्ट्रिय कृषि गणनाको नतिजा कहिले सार्वजनिक गर्‍यो ?

-    वि.सं.२०७० पुस ९

एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैङ्क (एआईआईबी) को स्थापनाका लागि औपचारिक समझदारी पत्रमा कहिले हस्ताक्षर भएको छ ?

-    सन् २०१४ अक्टोवर २४

सरकारले वैदेशिक सहायता नीति २०५९ लाई प्रतिस्थापन गर्दै विकास सहायता नीति २०७१ कहिले सार्वजनिक गर्‍यो ?

-    वि.सं.२०७१ जेठ १३

सन् २०१४ जुन १२ देखि जुलाई १३ सम्म ब्राजिलमा सम्पन्न भएको २० औं विश्वकप फुटवल प्रतियोगितामा सर्वाधिक गोल गरी गोल्डेन बुट विजेता बन्ने खेलाडी को हुन् ?

-    जेम्स रोड्रिगेज (कोलम्विया) सर्वाधिक ६ गोल गरेका

विश्वकप फुटवल प्रतियोगितामा कुलिङ ब्रेक को व्यवस्था कहिलेदेखि भएको हो ?

-    सन् २०१४ विसौं विश्वकप

जनस्वास्थ्यका लागि इवोलाले अन्तर्राष्ट्रिय स्तरमा आपतकालीन अवस्था सिर्जना भएको घोषणा विश्व स्वास्थ्य सङ्गठनले कहिले गर्‍यो ?

-    सन् २०१४ अगष्ट ८

विश्वमा इवोला रोग सर्वप्रथम कहिले पत्ता लागेको हो ?

-    सन् १९६५

हालसम्म पत्ता लागेका इवोला भाइरसका पाँच प्रजाति अन्तर्गत पर्ने प्रजाति कुन कुन हुन् ?

-    Zaire Ebola Virus & Sudan Ebola Virus

-    Tai Forest Ebola Virus

-    Bandibugyo Ebola Virus & Reston Ebola Virus

0 comments:

Post a Comment