Breaking News
Loading...

विश्‍वका प्रमुख ऐतिहासिक घटनाहरु

१. पुनर्जागरण (Reformation)

सामान्य रुपमा पुनर्जागरणको अर्थ के हो ?
- फेरि जाग्नु

विविध कारणले सुषुप्‍त अवस्थामा रहेको अवस्थाबाट सक्रिय अवस्थामा आई अन्धकारबाट उज्यालोतर्फ (प्रगतितर्फ) लाग्नुलाई के भनिन्छ ?
- पुनर्जागरण

यूरोपमा पुनर्जागरणको आन्दोलन कुन देशबाट प्रारम्भ भएको थियो ?
- इटाली

यूरोपमा पुनर्जागरण काल भन्नाले कुन अवधिलाई बुझिन्छ ?
- १४ औं देखि १६ औं शताव्दीसम्म

इटालीको साहित्यमा पुनर्जागरण ल्याउने प्रमुख ३ व्यक्तिहरुः
- दाँते, पेट्राक र बोक्कासियो

पुनर्जागरणका प्रथम व्यक्ति कसलाई मानिन्छ ?
- दाँते

प्रसिद्ध पुस्तक Divine Comedy कसले लेखेका हुन् ?
- दाँते

विश्‍व प्रसिद्ध इटालियन चित्रकार एवं मूर्तिकार माइकल एञ्जेलोले २० लगाएर बनाएको एक प्रसिद्ध चित्रको नाम के हो ?
- अन्तिम निर्णय (Last Judgement)

पुनर्जागरणकालमा "पृथ्वीले सूर्यको वरिपरि घुम्छ ।" भने बापत ज्यूँदै जलाइएका वैज्ञानिक को थिए ?
- गेहार्डिनो ब्रुनो

पुनार्जागरणकालका चर्चित पुस्तकहरु ओथेलो, मर्चेन्ट अफ भेनिस र हेमलेट का लेखक को हुन् ?
- शेक्सपियर

शक्ति पृथकीकरणको सिद्धान्त The Theory of Separation of Power का प्रतिपादक को हुन् ?
- मन्टेस्क्यु

"I would rather like to be ruled by one lion than by a hundred rats" यो कसको भनाई हो ?
- भोल्टेयर

"Man in born free but every where he is in chain" यो भनाई कसको हो ?
- रुसो

यूरोपमा पुनर्जागरण ताका एशिया र अफ्रिकामा कुन सभ्यताको विकास भएको थियो ?
- इस्लामी सभ्यता

 

0 comments:

Post a Comment