Breaking News
Loading...

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 2 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 3 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

This is default featured slide 5 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

नेपाल ट्रेकिङका लागि बिश्वकै स्वर्ग

बिश्वप्रसिद्ध फोर्ब्स पत्रिकाले नेपाललाई ‘ट्रेकिङको स्वर्ग’को उपमा दिँदै जीवनमा एकपटक घुम्नै पर्ने दश स्थानमा सूचीकृत गरेको छ ।
पत्रिकाको अनलाइन संस्करणकी नियमित लेखक अन एबेलले नेपाल विस्तारै ‘आरामदायी गन्तब्य’ बन्न थालेकाले सन् २०१५ मा घुम्नैपर्ने सुझाव दिएकी छिन् ।
नेपाल कला संस्कृतिका लागि धनी रहेकाले त्यसको आनन्द लिन सुझाव दिँदै उनले पर्यटकलाई भनेकी छिन- संसारकै अग्लो शिखरमाथि उदाउने सूर्य हेर्नुहोस्, हिमाली उपत्यका घुम्नुहोस, माटोका भाडाँ बनाउने कारखाना घुम्नुहोस, मनै बहलाउने मन्दिर र स्मारकहरुमा पुग्नुहोस र फेवा तालमा डुंगा चढ्नुहोस् ।’ फेवा तालमा देखिने हिमाली छायाँको चर्चा गर्दै उनले फेवा तालमा डुंगा चढ्न सुझाव दिएकी छिन् ।
साथै उनले हालै सार्क नेताहरुले रिट्रिटमा प्रयोग गरेको द्वारिका होटलमा पुगेर बस्न र भिडले त्यो ठाउँ पत्ता नलगाउँदै त्यहाँको आनन्द लिन सुझाव दिएकी छिन् ।
फोर्व्स पत्रिकाले सूचीकृत गरेको सन् २०१५ मा घुम्नैपर्ने १० स्थानहरु 
नेपाल 
अमेरिकाको नेसनल पार्क, 
भियतनाम, 
मोरक्को, 
जापान, 
तास्मानिया, 
कोलम्बिया, 
अर्जेन्टिना, 
पाटागोनिया र 
श्रीलंका

नेपालमै पहिलोपटक गुगल डे इभेन्ट

२०७१ मंसिर १३ गते शनिवार नेपालमै पहिलोपटक गुगल डे इभेन्ट (GDay 2014 Kathmandu) सम्पन्न भएको छ । गुगल बिजनेश ग्रुप (जिबिसी) को आयोजनामा ललितपुरमा सम्पन्न सो इभेन्ट नेपालको अहिलेसम्मकै ठूलो गुगल इभेन्ट भएको बताइएको छ । इभेन्टमा टप डेभलपरहरु, व्यापारी र विद्यार्थीहरु सहभागी भएका थिए ।
आकर्षणको रुपमा नेपालमा एन्ड्रोइड इकोसिस्टम, स्टार्टप ग्रिन्ड, स्टार्टअप विकेन्ड, नेपालमा गुगल, मार्केटिङ विथ गुगललगायतका विषयमा विभिन्न वक्ताले प्रस्तुति देखाएका थिए ।

राष्ट्रिय खेलकूद

लिगलिगे दौड प्रतियोगिताः
२०७१ असोज १४ गते सम्पन्न भएको पाँचौ लिगलिगे दौड प्रतियोगिताको १३.२ कि.मि.को दूरी ५६ मिनेट ४३ सेकेण्डमा पूरा गरी उपाधि  अनिस थापामगरले जित्‍नुभएको थियो ।

यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताः
कीर्तिपूरमा २०७१ असोज ९ गते भएको फाइनल खेलमा क्षेत्र नंवर ६ वैतडीले क्षेत्र नंवर ८ पोखरालाई  ९६ रनले पराजित गरी उपाधि जितेको थियो ।

एन्फा कप फुटवल प्रतियोगिताः
२०७१ भदौ २५ गते भएको फाइनल खेलमा झापा ११ ले संकटा क्लबलाई ४-० गोलको अन्तरले पराजित गरी झापा ११ ले उपाधि जितेको थियो ।


नेपालको अन्तरिम संविधान, २०६३ बारे सामान्य जानकारी

१. नेपालको संवैधानिक इतिहासमा "नेपालको अन्तरिम संविधान, २०६३" कति औं संविधान हो ?
- छैटौं संविधान

२. नेपालको अन्तरिम संविधान, २०६३ को मस्यौदामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) सहित ८ दलका शीर्षस्थ नेताद्वारा कहिले हस्ताक्षर गरिएको हो ?
- २०६३ पुष १ गते

३. नेपालको अन्तरिम संविधान, २०६३ प्रतिनिधि सभाद्वारा कहिले अनुमोदन गरिएको हो ?
- २०६३ माघ १ गते

४. नेपालको अन्तरिम संविधान, २०६३ कहिलेदेखि लागू भएको हो ?
- २०६३ माघ १ गते

५. नेपालको अन्तरिम संविधान, २०६३ मा कति भाग, धारा र अनुसूची रहेका छन् ?
- २५ भाग, १६७ धारा र ४ अनुसूची

६. नेपालको अन्तरिम संविधान, २०६३ सँग बांझिने कानून बांझिएको हदसम्म के हुन्छ ?
- अमान्य

७. नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता कसमा निहित छ ?
- नेपाली जनतामा

८. धार्मिक हिसावले नेपाल कस्तो राज्य हो ?
- धर्म निरपेक्ष राज्य

९. नेपाल सरहदभित्र फेला परेको पितृत्व मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक कुन हदसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्छ ?
- निजको बाबु वा आमा फेला नपरेसम्म

१०. कुन समयसम्म नेपाल सरहदभित्र जन्म भई नेपालमा स्थायी रुपले बसोबास गर्दै आएको व्यक्तिले प्रचलित कानून बमोजिम जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था नेपालको अन्तरिम संविधान, २०६३ मा गरिएको छ ?
- सम्वत् २०४६ साल चैत्र मसान्तसम्म

नेपालको धरातलीय स्वरुप एवं प्राकृतिक बनोट

१. नेपाल कुन देशान्तर रेखाबीच अवस्थित छ ?
- ८० डिग्री ४ मिनेट पूर्वी देशान्तर देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म

२. नेपाल कुन अक्षांश रेखाबीच अवस्थित छ ?
- २६ डिग्री २२ मिनेट उत्तरी अक्षांश देखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश सम्म

३. नेपालको पूर्व मेची देखि पश्‍चिम महाकालीसम्मको औसत लम्वाई कति छ ?
- ८८५ कि.मि.

४. नेपालको उत्तरदेखि दक्षिणसम्मको अधिकतम चौडाइ कति छ ?
- २४१ कि.मि.

५. नेपालको उत्तर-दक्षिण औसत चौडाइ कति छ ?
- १४५ कि.मि.

६. नेपालको कूल क्षेत्रफल कति छ ?
- १,४७,१८१ वर्ग कि.मि. (५६, ८२७ वर्ग माइल)

७. नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि.कहिलेदेखि कायम भएको हो ?
- वि.सं.२०३६ देखि

८. भौगोलिक अवस्थितिको हिसाबले नेपाल कस्तो मुलुक हो ?
- भूपरिवेष्ठित

९. नेपालको सीमानादेखि नजिकमा रहेको सामुन्द्रिक इलाका कुन हो ?
- वंगालको खाडी (हिन्द महासागर)

१०. नेपालको सिमानादेखि वंगालको खाडी कति दूरीमा रहेको छ ?
- ११२६ कि.मि.

११. नेपालको उत्तरी सीमाना चीनको स्वशासित क्षेत्र तिव्वतसँग कति दूरीको लम्बाइसम्म जोडिएको छ ?
- ८५० कि.मि.

१२. नेपालको पूर्व, दक्षिण र पश्‍चिम सीमाना भारतसँग कति दूरीको लम्बाइसम्म जोडिएको छ ?
- ११८५ कि.मि.

१३. नेपालको पूर्व, पश्‍चिम तथा दक्षिणमा भारतको कुन-कुन प्रदेश पर्दछ ?
- पूर्वः बंगाल
- पश्‍चिमः उत्तराञ्चल प्रदेश
- दक्षिणः उत्तर प्रदेश र विहार प्रदेश

१४. चीन र भारत दुवै राष्ट्रलाई छुने नेपालका अञ्चलहरु कति छन् ?
- ६

१५. चीनसँग मात्र सीमाना जोडिएका नेपालका अञ्चलहरु कति छन् ?
- ४

नेपालको प्राचिनकाल तथा मध्यकाल

१. नेपालको पहिलो राजा कसलाई मानिन्छ ?
- भुक्तमान (गोपालवंश)

२. किरात वंशका प्रथम राजा को थिए ?
- यलम्वर

३. किरात वंशका अन्तिम राजा को थिए ?
- गस्ती

४. सम्राट अशोक कसको पालामा नेपाल आएका थिए ?
- स्थुंको

५. गौतम बुद्ध नेपालमा कुन किराँत राजाको पालामा आएका थिए ?
- जितेदास्ती

६. "शान्तिश्री" भन्नाले कसलाई बुझाउँछ ?
- प्रचण्डदेव

७. किराँतहरुको राजधानी कहाँ थियो ?
- शंखमुल

८. गोपाल वंशका अन्तिम शासक को थिए ?
- यक्ष गुप्त

९. किराँत वंशका कति राजाले कति अवधिसम्म नेपालमा शासन गरेका थिए ?
- ३२ राजाले ५२६ वर्ष

१०. पहिलो सुर्यवंशी राजा को थिए ?
- भूमि बर्मा

११. लिच्छवी वंशका पहिलो राजा को थिए ?
- जयदेव प्रथम

१२. सोमवंशी पहिलो राजा को थिए ?
- निमिष

१३. आभिर वंशका पहिलो राजा को थिए ?
- बरसिंहदेव

१४. आभिर वंशका अन्तिम राजा को थिए ?
- भुवन सिंह

१५. मल्ल वंशका पहिलो राजा को थिए ?
- अरिदेव

प्राचिन सभ्यताहरु

मिश्रको सभ्यता
·         नाइल नदीको किनारमा विकसित सभ्यता
·         आत्माको अमरता र एक मात्र इश्‍वरको अवधारणाको प्रादुर्भाव
·         अमनहोटेप चतुर्थको युग-स्वर्ण युग
·         राजा खुफूको पिरामिड विश्‍वप्रसिद्ध

मेसोपोटामिया सभ्यता
·         टिग्रीस/युफ्रेटस नदीको घाँटीमा विकसित सभ्यता
·         विश्‍वमा शासक र सम्राटको उदय
·         हम्वूरावीको कानून संहिताको विकास
·         पत्थरको मुद्राको विकास
·         दायाँबाट वायाँ लेख्‍ने लिपीको विकास
·         मेसोपोटामियाको आधुनिक नाम- इराक

सिन्धुघाँटीको सभ्यता
·         हडप्पा र मोहनजोड्दो सभ्यताको नामले परिचित सभ्यता
·         हडप्पा- रावी नदीको किनारमा विकसित
·         सिन्धुघाँटीका वासिन्दाको प्रमुख पेशा- पशुपालन
·         सर्वप्रथम तामा पत्ता लगाइएको
·         नगर योजनाको विकासको सुरुवात
·         सिन्धुघाँटीको सभ्यताको वारेमा खोज गर्ने पहिलो इतिहासकार-कनिंघम

चिनियाँ सभ्यता
·         यागासी ह्‍वाङहो सिकियाङ नदी किनारमा विकसित सभ्यता
·         विशाल पर्खाल निर्माण भएको
·         राजतन्त्रात्मक शासन व्यवस्था
·         प्रकृतिको पूजा गरिने
·         सार्वजनिक सेवामा सर्वप्रथम प्रतियोगितात्मक प्रणाली लागू

ग्रीसको सभ्यता
·         मानव सभ्यता सम्बन्धी इतिहासमा सवभन्दा बढी विकसित र महत्वपूर्ण सभ्यता
·         युनानी सभ्यताको नामले प्रसिद्ध
·         सर्वप्रथम नाटकको जन्म
·         जनतन्त्रको स्थापना कानूनको शासन तथा स्वतन्त्रता आदी राजनीतिक विज्ञानको तत्वहरुको प्रादुर्भाव एवं विकास
·         राजतन्त्रात्मक शासन व्यवस्था
·         प्रमुख वाली -  गहूँ

रोमको सभ्यता
·         टाइवर नदी किनारमा विकसित सभ्यता
·         गुम्वज बनाउने तथा सिंगमरमर एवं सिमेन्टको सर्वप्रथम प्रयोग
·         रोम साम्राज्यको निर्माता-  पिटर अलेवार्ड
·         १ वर्षमा ३६५ दिन हुन्छ भनी मान्यता स्थापित गर्ने र क्यालेन्डर निकाल्ने कार्य प्रारम्भ
·         पश्चिमी रोमन साम्राज्यको पतन – सन् ४७६
·         पूर्वी रोमन साम्राज्यको पतन -  सन् ४५३


अन्तर्राष्ट्रिय मञ्चको असोज अंकबाट

१. कर्णाली अञ्चलको सदरमुकाम जुम्लामा रहेको प्रसिद्ध चन्दननाथ मन्दिरमा मुख्य रुपमा कुन देवताको मूर्ति रहेको छ ?
- दत्तात्रेय

२. बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि वंगाल खाडीको प्रयास (विमस्टेक) को सचिवालय कुन देशमा रहेको छ ?
- बंगदादेश

३. नेपालको प्रसिद्ध शक्तिपीठहरुमध्ये एक मानिएको छिन्नमस्ता भगवतीको पीन कुन जिल्लामा रहेको छ ?
- सप्तरी

४. सीमान्तकृत सन्थ्याल समुदायको बसोबास कुन जिल्लामा रहेको पाइन्छ ?
- झापा

५. प्रत्येक वर्ष प्रदान गरिने विश्वको सर्वश्रेष्ठ पुरस्कार मानिएको नोवेल पुरस्कारको घोषणा पहिला कुन विषयमा गरिन्छ ?
- चिकित्सा विज्ञान

६. प्रत्येक ४/४ वर्षमा आयोजना हुने अठारौं एसियाली खेलकुद प्रतियोगिता सन् २०१८ मा एसियाको कुन शहरमा हुदैछ ?
- जाकर्ता

७. राप्ती अञ्चलको कुन जिल्लामा करिव दुई दशक अघि पत्ता लागेको चमेरी गुफा रहेको छ ?
- दाङ

८. नेपालको कुन राष्ट्रिय निकुञ्जमा बाह्रसिंगा जस्तो तर त्यो भन्दा विल्कुलै फरक संरक्षण सूचीमा रहेको जनावर चौसिंगा पाइन्छ ?
- बाँके राष्ट्रिय निकुञ्ज

९. खैजडी बजाएर नाच्दै गाइने पुराण कथाहरुमा आधारित लोक गाथालाई के भनिन्छ ?
- बालन

१०. आलु, मकै गोड्दा वरिपरिबाट उठाउने माटोलाई के भनिन्छ ?
- उकेरा


अनुक्रम (Series)

  • क, ग, ङ, छ, ?   उत्तरः झ
  • अ, इ, उ, ए, ?    उत्तरः ओ
  • A, B, D, G, ?   Ans: K

दक्षिण एशियाली खेलकूद (South Asian Federation-SAF Games)

दक्षिण एशियाली खेलकूद संघको स्थापना कहिले र कहाँ भएको हो ?
- सन् १९८१ नोभेम्वर २६, नयाँ दिल्ली (भारत)

दक्षिण एशियाली खेलकूद संघका संस्थापक सदस्य राष्ट्रहरुः
- नेपाल,पाकिस्तान,भारत, बंगलादेश र श्रीलंका

भुटान र माल्दिभ्सले दक्षिण एशियाली खेलकूद संघको सदस्यता कहिले प्राप्त गरेका हुन् ?
- सन् १९८३

प्रशिद्ध वैज्ञानिक र तिनको योगदान

१. आर्किमिडिज (Archimedes)

आर्किमिडिजको जन्मः ईशा पूर्व २८७ (ग्रीसको सिसिली)

आर्किमिडिजका बाबुको नामः फिडेन

सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका सर्वप्रथम कसले पत्ता लगाएका थिए ?
- आर्किमिडिज

नेपालको आर्थिक विकास

विकासको दृष्टिले नेपाल कस्तो मुलुक हो ?
- विकासोन्मुख तथा विश्‍वका अति कम विकसित मुलुक मध्येको एक मुलुक

नेपालले कस्तो अर्थव्यवस्थालाई अंगालेको छ ?
- मिश्रित अर्थ व्यवस्था

विश्‍व व्यापार संगठन (WTO) ले कस्तो अर्थ व्यवस्थालाई प्रश्रय दिन्छ ?
- खुला, उदार तथा बजारमुखी अर्थ व्यवस्था

नेपालको संवैधानिक विकासक्रम

संविधान कस्तो कानून हो ?
- मूल कानून

नेपालको पहिलो लिखित संविधान कुन हो ?
- नेपाल सरकार वैधानिक कानून, २००४

नेपाल सरकार वैधानिक कानून, २००४ कसबाट जारी भएको हो ?
- पद्‍म शमशेर ज.व.रा.बाट ( वि.सं.२००४ माघ १३ गते)

विश्‍वका प्रमुख ऐतिहासिक घटनाहरु

१. पुनर्जागरण (Reformation)

सामान्य रुपमा पुनर्जागरणको अर्थ के हो ?
- फेरि जाग्नु

विविध कारणले सुषुप्‍त अवस्थामा रहेको अवस्थाबाट सक्रिय अवस्थामा आई अन्धकारबाट उज्यालोतर्फ (प्रगतितर्फ) लाग्नुलाई के भनिन्छ ?
- पुनर्जागरण

यूरोपमा पुनर्जागरणको आन्दोलन कुन देशबाट प्रारम्भ भएको थियो ?
- इटाली

विश्‍व इतिहास सम्बन्धी सामान्य जानकारी

इतिहास भनेको के हो ?
- अतितका घटना विवरणको वर्णन, विश्‍लेषण एवं मूल्याङ्कन

इतिहासका पिता भनेर कसलाई चिनिन्छ ?
- हेरोडोटस

मानव सभ्यताको प्रारम्भिक चरण तथा युग (ऐतिहासिक सामग्री प्राप्त नभएको युग) लाई कुन युग भनिन्छ ?
- प्राग ऐतिहासिक युग

पृथ्वी (The Earth)

पृथ्वीः सौर्यमण्डलको एक ग्रह

पृथ्वीको उत्पत्ति सम्बन्धमा तर्कपूर्ण परिकल्पना कसले कहिले गरेका हुन् ?
- बफन (सन् १७४५)

पृथ्वीको उत्पत्ति आजभन्दा लगभग कति वर्ष पहिले सौर्यमण्डलको उत्पत्तिसँगै भएको अनुमान गरिएको छ ?
- साढे चार अर्व वर्ष पहिले

विश्‍वको भौतिक, सामाजिक र आर्थिक भूगोल

भूगोल भन्नाले के बुझिन्छ ?
- पृथ्वीको, यसको बनावट र पारिस्थितिक प्रणाली

सामान्यतया भूगोललाई कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ?
- ३ भागमा (भौतिक, सामाजिक र आर्थिक भूगोल)

भूगोल (Geography) का पिता अर्थात जनक भन्नाले कसलाई बुझिन्छ ?
- इरेटस्थनिज

भूगोल (Geography) शव्द ग्रीक भाषाको कुन शव्दबाट लिइएको हो जसको अर्थ पृथ्वीको वर्णन भन्ने हुन्छ ?
- जोग्राफिन (Geografein)

"भूगोल पृथ्वी र मानव परिस्थितिको विज्ञान हो ।" यो भनाई कसको हो ?
- Dudly Stamp

राष्ट्रिय तथा अन्तराष्ट्रिय नविनतम गतिविधि

नेपाल उद्योग परिसंघको आयोजना तथा नेपाल सरकारको समेत सहयोगमा पहिलोपटक नेपाल पूर्वाधार सम्मेलन कहिले सम्पन्न भयो ?

-    वि.सं.२०७१ कार्तिक २५-२६

वनजंगलको संरक्षण तथा जलवायु परिवर्तनबाट उत्पन्न हुने क्षति न्यूनिकरण गर्ने सम्बन्धमा एकीकृत धारणा बनाउन दक्षिण एसियाली मुलुकसहित एसिया प्रशान्त क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरुको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

-    वि.सं.२०७१ असोज २५-२७ काठमाडौं

नेपालको नगरपालिका सम्बन्धी केही जानकारी

सवैभन्दा धेरै नगरपालिका भएको जिल्लाः
मोरङ (७ न.पा.), झापा (६ न.पा.)

नगरपालिका नभएको जिल्ला संख्याः
१३
१/१ नगरपालिका भएका जिल्ला संख्याः
३०
१ भन्दा बढी नगरपालिका भएका जिल्ला संख्याः...
३२
नगरपालिका भएका जिल्ला संख्याः
६२

१३० नगरपालिकामा रहेका वडाहरुको संख्याः
१७८३


काठमाडौं नगरपालिकालाई कहिले महानगरपालिका घोषणा गरिएको थियो ?
२०५२ मंसिर २९

ललितपुर, पोखरा र विराटनगरलाई उपमहानगरपालिका घोषणाः
२०५२ माघ

वीरगञ्‍ज उपहानगरपालिका घोषणाः
२०५५ कार्तिक २५

२०७१ मंसिर ३ गते बुधवार गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्‍नोत्तर



१. नेपाल उद्योग परिसंघको आयोजना तथा नेपाल सरकारको समेत सहयोगमा पहिलोपटक नेपाल पूर्वाधार सम्मेलन कहिले सम्पन्न भयो ?


-    वि.सं.२०७१ कार्तिक २५-२६


२. वनजंगलको संरक्षण तथा जलवायु परिवर्तनबाट उत्पन्न हुने क्षति न्यूनिकरण गर्ने सम्बन्धमा एकीकृत धारणा बनाउन दक्षिण एसियाली मुलुकसहित एसिया प्रशान्त क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरुको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?


-    वि.सं.२०७१ असोज २५-२७ काठमाडौं


३.  नेपालमा कर दिवस कहिले मनाइन्छ ?


-    मंसिर १ (२०६९ सालदेखि मनाउन शुरु)


४. उत्कृष्ट व्यावसायिक कृषकलाई प्रोत्साहन एवं सम्मान गर्ने उदेश्यले आ.व.२०७२/०७३ देखि प्रदान गर्ने गरी सरकारद्वारा स्थापित पुरस्कार कुन हो ?


-    राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार


५. परिवर्तित परिस्थितिले सिर्जना गरेको स्वास्थ्यसम्बन्धी चुनौतिको पहिचान गरी तिनीहरुको सम्वर्धनका लागि सरकारले नयाँ स्वास्थ्य नीति २०७१ कहिले सार्वजनिक गर्‍यो ?


-    वि.सं.२०७१ साउन २३ गते


६. सुर्तीजन्य पदार्थको उत्पादन गर्दै आएका उद्योगहरुले अब सुर्तीको प्याकेटको कित प्रतिशत भागमा चेतावनीमूलक सन्देश र घातक चिन्ह राख्‍नुपर्ने भएको छ ?


-    ९० प्रतिशत


७. सबैभन्दा कम उमेरमा नोवेल पुरस्कार प्राप्त गर्ने बालअधिकारकर्मी को हुन् ?


-    मलाला युसुफजाई


८. नेपाल सरकारले वि.सं.२०७१ वैशाख २५ मा थप कति नयाँ नगरपालिका घोषणा गरेको छ ?


-    ७२


९. वलिउडका चर्चित निर्देशक रवि चोपडाको निधन कहिले भयो ?


-    सन् २०१४ नोभेम्वर १२


१०.  नगरपालिका हुनका लागि तराई तथा पहाडमा कम्तीमा २० हजार जनसंख्या हुनुपर्दछ भने हिमालमा कति हुनुपर्ने प्रावधान रहेको छ ?


-    १० हजार


११.  सरकारले वि.सं.२०७१ वैशाख २५ मा योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गरेको छ ?


-    प्रा.डा.गोविन्दराज पोखरेल


१२. सन् २०१४ अक्टोवर ३० मा मलेसियामा सम्पन्न आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ३ च्याम्पियनसीपको उपाधि जित्ने राष्ट्र कुन हो ?


-    नेपाल


१३.   केन्द्रीय तथ्यांक विभागले छैटौं राष्ट्रिय कृषि गणनाको नतिजा कहिले सार्वजनिक गर्‍यो ?


-    वि.सं.२०७० पुस ९


१४.  एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैङ्क (एआईआईबी) को स्थापनाका लागि औपचारिक समझदारी पत्रमा कहिले हस्ताक्षर भएको छ ?


-    सन् २०१४ अक्टोवर २४


१५.  सरकारले वैदेशिक सहायता नीति २०५९ लाई प्रतिस्थापन गर्दै विकास सहायता नीति २०७१ कहिले सार्वजनिक गर्‍यो ?


-    वि.सं.२०७१ जेठ १३


१६. सन् २०१४ जुन १२ देखि जुलाई १३ सम्म ब्राजिलमा सम्पन्न भएको २० औं विश्वकप फुटवल प्रतियोगितामा सर्वाधिक गोल गरी गोल्डेन बुट विजेता बन्ने खेलाडी को हुन् ?


-    जेम्स रोड्रिगेज (कोलम्विया) सर्वाधिक ६ गोल गरेका


१७. विश्वकप फुटवल प्रतियोगितामा कुलिङ ब्रेक को व्यवस्था कहिलेदेखि भएको हो ?


-    सन् २०१४ विसौं विश्वकप


१८. जनस्वास्थ्यका लागि इवोलाले अन्तर्राष्ट्रिय स्तरमा आपतकालीन अवस्था सिर्जना भएको घोषणा विश्व स्वास्थ्य सङ्गठनले कहिले गर्‍यो ?


-    सन् २०१४ अगष्ट ८


१९. विश्वमा इवोला रोग सर्वप्रथम कहिले पत्ता लागेको हो ?


-    सन् १९६५


२०.  हालसम्म पत्ता लागेका इवोला भाइरसका पाँच प्रजाति अन्तर्गत पर्ने प्रजाति कुन कुन हुन् ?


-    Zaire Ebola Virus & Sudan Ebola Virus


-    Tai Forest Ebola Virus


-    Bandibugyo Ebola Virus & Reston Ebola Virus


२१. संयुक्त राष्ट्रसंघ का महासचिव वान कि मुनले नेपालको दुई दिने भ्रमण कहिले गरेका थिए ?


-    वि.सं.२०६५ कार्तिक १५-१६


२२. भारतको वाणिज्य राजधानीका रुपमा चिनिने मुम्वइमा इस्लामिक उग्रवादी सङ्गठन डेक्कन मुजाहिद्धन ले त्रासदीपूर्ण आतङकवादी हमला कहिले गरेको थियो ?


-    सन् २००८ नोभेम्वर २६


२३. वैज्ञानिकहरुले ब्रह्माण्डको उत्पतिसम्बन्धी रहस्य पत्ता लगाउन सन् २००८ सेप्टेम्वरमा गरेको परीक्षणलाई के भनी चिनिन्छ ?


-    Large Hadron Collider


२४. शाहवंशीय राजाहरु बस्दै आएको नारायणहिटी दरवारमा पहिलोपल्ट गणतान्त्रिक नेपालको राष्ट्रिय झण्डा कहिले फहराइयो ?


-    वि.सं.२०६५ असार १


२५. डा.रामवरण यादव नेपालको पहिलो राष्ट्रपतिका रुपमा कहिले निर्वाचित भएका हुन् ?


-    वि.सं.२०६५ साउन ६


२६. ३५ हजार व्यक्ति नेपालका राष्ट्रिय झण्डा आकारमा उभिएर सबैभन्दा ठूलो मानव झण्डाको कीर्तिमान कहिले राखियो ?


-    वि.सं.२०७१ भदौ ७


२७. नेपाल र भारतवीच वि.सं.२०७१ भदौ १९ मा भएको विद्युत व्यापारसम्बन्धी प्रारम्भिक सम्झौतामा अन्तिम हस्ताक्षर कहिले गरियो ?


-    वि.सं.२०७१ कार्तिक ४


२८.  वि.सं.२०७१ मङ्सिर १० र ११ मा काठमाडौंमा आयोजित १८ औं सार्क शिखर सम्मेलनको नारा के रहेको छ ?


-    शान्ति र सम्वृद्धिका लागि गहन सम्मेलन


२९.  मृत मानिसको मुटु विरामी व्यक्तिमा प्रत्यारोपण गर्न सफल अष्ट्रेलियामा कार्यरत नेपाली चिकित्सक को हुन् ?


-    डा.कुमुद धिताल


३०.  बीपी कोइराला मेमोरियल प्लानेटोरियम अव्जरभेटरी तथा विज्ञान सङ्ग्रहालय कहाँ स्थापना गरिएको छ ?


-    कीर्तिपुर¸काठमाडौं (२०७१ असोज १ गतेदेखि सञ्चालित)


३१.   नेपालको सबैभन्दा अग्लो झोलुङ्गे पुल कुन हो ?


-    कुस्मा र बलेवा जोड्ने कालिगण्डकी नदीमाथि निर्मित पूल


३२. विश्वको सबैभन्दा कान्छो देश कुन हो ?


-    दक्षिणी सुडान


३३.  नेपालमा एउटै नामले दुईतिर बग्ने नदी कुन हो ?


-    राप्ती


३४. औषधी पसललाई व्यवस्थित¸मर्यादित तथा उपभोक्ताप्रति थप जिम्मेवार बनाउने उदेश्यका साथ औषधी व्यवस्था विभागले ल्याएको औषधी विक्री वितरण संहिता २०७१ कहिलेबाट लागू हुनेछ ?


-    वि.सं.२०७२ बैशाख १


३५.  वि.सं.२०७१ कार्तिक २९ देखि मंसिर २ गतेसम्म सञ्चालन भई सम्पन्न भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा नेपाललगायत कति देशको सहभागिता रहेको थियो ?


-