१. एमाले उम्मेदवार
विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति पदमा कहिले निर्वाचित हुनुभयो ?
उत्तरः वि.सं.२०७२ कार्तिक ११ (३२७ मतसहित)
२. संघीय
लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिमा को चयन हुनुभएको छ ?
उत्तरः नन्दबहादुर पुन (२०७२ कार्तिक १४ गते, ३२५ मतसहित)
३. "सवैखाले पुँजीमध्ये सर्वोत्तम हो मानवजातिमा
लगानी भएको पुँजी" भन्ने विचारक को हुन् ?
उत्तरः अल्फ्रेड मार्शल
४. गैरआवासीय नेपाली
संघ (NRNA) को सातौं महाधिवेशन तथा विश्व सम्मेलन कहिले र
कहाँ सम्पन्न भयो ?
उत्तरः वि.सं.२०७२ असोज २७-३० (सन् २०१५ अक्टोवर १४-१७, काठमाडौं)
५. गैरआवासीय नेपाली
संघको सातौं सम्मेलनले अध्यक्षमा कसलाई चयन गर्यो ?
उत्तरः शेष घले
६. सन् २०१५ को
अर्थशास्त्रतर्फको नोवेल पुरस्कार विजेता अर्थशास्त्री को हुन् ?
उत्तरः एङ्गस डिटोन
७. हालै २०७२
आश्विनमा महान्यायाधिवक्ता हुने व्यक्ति को हुन् ?
उत्तरः हरिकृष्ण कार्की (नेपाल वार एसोसिएसनका अध्यक्ष)
८.
महान्यायाधिवक्ताको नियुक्ति कसरी गरिन्छ ?
उत्तरः प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट
९. वि.सं.२०७२
आश्विन २५ मा राजधानीमा सम्पन्न तेस्रो इनास फिल्म अवार्डमा लाइफ टाइम एचिभमेन्ट
अवार्डबाट सम्मानित हुने कलाकार को हुन् ?
उत्तरः तुलसी घिमिरे
१०. विश्व जैविक
विविधता दिवस कहिले मनाइन्छ ?
उत्तरः मे २२
११. पृथ्वीको
वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा कति रहेको छ ?
उत्तरः ०.०३ प्रतिशत
१२. तारा, ग्रह, उपग्रह, शिशुग्रह, उल्का, पुच्छ्रेतारालगायतका खगोलीय पिण्डहरु एवं धुलकण
र ग्याँसीय पदार्थको अति विशाल समूहलाई के भनिन्छ ?
उत्तरः तारापुञ्ज
१३. कुनै एउटा
वंशबाट अर्को वंशमा वंशाणुबाट सर्दै आएको परिवृत्तिलाई के भनिन्छ?
उत्तरः वंशाणुगत परिवृत्ति
१४. वहपक्षीय
व्यापार सञ्जाल विश्व व्यापार संगठन को सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?
उत्तरः २००४ अप्रिल २३
१५. नेपाल WTO को सदस्यता प्राप्त गर्ने कतिऔं राष्ट्र हो ?
उत्तरः १४७ औं
१६. संयुक्त राष्ट्र
संघको सुरक्षा परिषदका पाँच स्थायी राष्ट्रहरु कुन् कुन् हुन् ?
उत्तरः अमेरिका, रुस, वेलायत, फ्रान्स र चीन
१७. क्षेत्रफलका
हिसावले सवैभन्दा ठूलो अञ्चल कर्णाली (२१३५१ व.कि.मि.) हो भने सवैभन्दा सानो अञ्चल कुन हो ?
उत्तरः महाकाली (६९८९ व.कि.मि.)
१८. नेपाल विज्ञान
तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) को स्थापना कहिले भएको हो ?
उत्तरः २०३९ मंसिर २० गते
१९. आरनमा आगो फुक्न
प्रयोग गरिने थैली जस्तो सामानलाई के भनिन्छ ?
उत्तरः खलाती
२०. कुराकानी गर्ने
सिलसिलामा वारम्वार दोहोरिने शब्दलाई के भनिन्छ ?
उत्तरः थेगो
२१. त्यो संख्या कुन
हो जसलाई ६ ले भाग गर्दा ५ शेष, ५ ले भाग गर्दा ४ शेष, ४ ले भाग गर्दा ३ शेष, ३ ले भाग गर्दा २ शेष, र २ ले भाग गर्दा १ शेष रहन्छ ?
उत्तरः ५९
२२. वि.सं.२०७२ असोज
२९ मा व्यवस्थापिका-संसदको सभामुखमा चयन हुने महिला नेतृ को हुन् ?
उत्तरः ओनसरी घर्तीमगर (पहिलो महिला सभामुख) (उपसभामुखमा राप्रपाका गंगाप्रसाद
यादव चयन भएका)
२३. नेपाली
साहित्यमा त्रिमुर्ति भनी चिनिने साहित्यकार को-को हुन् ?
उत्तरः लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल र बालकृष्ण सम
२४. दार्शनिक
सुकरातको मुख्य सन्देश के थियो ?
उत्तरः आफूलाई चिन
२५. प्रसिद्ध
दार्शनिक सुकरातलाई ग्रिक सरकारद्वारा कुन विषको सेवन गराई मृत्युदण्ड दिइएको थियो
?
उत्तरः हेम्लक
२६. नेपाल र भारत
बीचको व्यापारमा भुक्तानी असन्तुलन रहनुको कारण के हो ?
उत्तरः नेपालको निर्यात भन्दा आयात बढी हुनु
२७. Doldroms भन्नाले के बुझिन्छ ?
उत्तरः ५ डिग्री उत्तरदेखि ५ डिग्री दक्षिण अक्षांसको
क्षेत्र
२८. मनसुनी वायु
ग्रीष्म ऋतुमा कुन क्षेत्रबाट कुन क्षेत्रतर्फ बहन्छ ?
उत्तरः समुन्द्रबाट जमिनतर्फ
२९. वालअधिकार
स्थापनार्थ गरेको योगदान एवं मानव वेचविखनविरुद्धको अभियानमा अग्रणी भूमिका
निर्वाह गरेवापत सन् २०१५ को चाइल्ड १० (सी टेन) अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित हुने
नेपाली को हुन् ?
उत्तरः अनुराधा कोइराला (एक लाख स्विडिस क्रोनर पुरस्कार राशीयुक्त स्विडेनको उक्त सी १० अवार्ड पाउने
अनुराधा दोस्रो नेपाली हुनुहुन्छ । गत वर्ष यो अवार्ड शक्ति समूहकी सुनिता
दनुवारले प्राप्त गर्नुभएको थियो ।)
३०. सन् २०१५ को
प्रतिष्ठित पुरस्कार "द म्यान वुकर" पुरस्कार प्राप्त गर्ने स्रष्टा को हुन् ?
उत्तरः जमैकाका मार्लन जेम्स ए ब्रिफ हिस्ट्री अफ सेभेन
किलिङ्स नामक उपन्यासका लागि ।
३१. प्रसिद्ध
तीर्थस्थल रुरु क्षेत्र कुन नदीको किनारमा पर्दछ ? उत्तरः कालीगण्डकी
३२. नेपालको कला तथा
संस्कृतिको संरक्षणमा महत्वपूर्ण सहयोग पुर्याउदै आएको अन्तर्राष्ट्रिय संस्था
कुन हो ?
उत्तरः युनेस्को
३३. घाटा बजेट
सिद्धान्तका प्रतिपादक को हुन् ? उत्तरः जे.एम.किन्स
३४. नेपालको मौद्रिक
नीति निर्माण गर्ने कार्यान्वयन गर्ने तथा गराउने अधिकार कसलाई छ ?
उत्तरः नेपाल राष्ट्र बैंक






0 comments:
Post a Comment