१. विश्वको
सबैभन्दा ठूलो र गहिरो महासागर कुन हो ?
- प्रशान्त महासागर
२.विश्व बसोबास
दिवस २०१५ को नारा के रहेको छ ?
- Public spaces for all अर्थात सबैका लागि सार्वजनिक स्थल (वैज्ञानिक ढङ्गले
व्यवस्थित वस्तीहरु सँगै सार्वजनिक स्थलहरुको विकास गर्न यस नाराले सङ्केत
गरेको छ । सन् १९८६ को संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (UN-HABITAT) को घोषणा अनुरुप प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोबास दिवस मनाउँदै आइएको छ ।)
३.सन् २०१५
अक्टोबर ५ मा सम्पन्न तेन्जिङ हिलारी खुला एभरेष्ट म्याराथन दौडको उपाधि कसले जिते ?
- पुरुष तर्फ -भीम गुरुङ (नेपाली आर्मी) र महिला तर्फ -आङदामी सेर्पा (सोलुखुम्बु)
४.सरकारले
मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने कति स्थानमा नयाँ सहर निर्माण गर्ने योजना तय गरेको छ ?
- १० (पाँचथरको फिदिम, तेह्रथुमको
बसन्तपुर,
सिन्धुलीको खुर्कोट, धादिङको
बैरेनी-गल्छी, तनहुँको डुम्रेभन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र
बैतडीको पाटन गरी १० स्थान )
५.नेपालले
विश्वको ०.०३ प्रतिशत भू-भाग ओगटेको छ भने एसियाको कति प्रतिशत भू-भाग ओगटेको छ ?
*- ०.३ प्रतिशत (दक्षिण एसियाको ३ प्रतिशत भूभाग ओगटेको ।
६.विश्वको कुन
घटना पश्चात सरकार र निजी क्षेत्रवीच साझेदारी हुनुपर्ने कुरामा जोड दिन थालियो ?
- सन् १९३० को
आर्थिक मन्दी
७.ज्येष्ठ
नागरिकहरुलाई सार्वजनिक सवारी साधनमा ५० प्रतिशत छुट दिने निर्णय कहिले भएको हो ?
- वि.सं. २०७१ माघ २१
८.लेखनाथ पौडेललाई
कवि शिरोमणिको उपाधि कहिले प्रदान गरिएको हो ?
- वि.सं.२००८
९.तेह्रौ
त्रिवर्षिय योजना (२०७०/७१-२०७२/७३ को अन्त्यसम्ममा नेपालीको औसत आयु कति पुर्याउने लक्ष्य रहेको छ ?
- ७१ बर्ष
१०.साहित्यकार
चक्रपाणि चालिसेको स्मृतिमा स्थापित चक्रपाणि स्मारक पुरस्कार (वि.सं.२०७२ मा)कसलाई प्रदान गरिने भएको छ ?
- कथाकार तथा
स्तम्भकार ध्रुब मधिकर्मी
११.नेपाल
प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (Staff Collage) को स्थापना कहिले
भएको हो ?
- वि. सं.२०३९
१२.सन् २०१५
सम्ममा विश्वभरबाट भोकमारीको अन्त्य गर्ने उद्देश्यका साथ सञ्चालित जिरो हङ्गर च्यालेन्ज अभियान नेपालमा औपचारिक रुपमा
कहिलेदेखि सुरु भएको हो ?
- वि.सं.२०७१ पुस ४
१३.वैङ्क खातामा
पर्याप्त रकम नभएका कारण भुक्तानी हुन नसकेको चेकलाई के भनिन्छ ?
- Bounced cheque
१४.पृथ्वीको
वातावरण संरक्षणलाई पहिलो प्राथमिकता दिनुपर्छ अनि मात्र अरु कार्य गर्नुपर्छ भनी अमेरिकी यवाद्वारा सञ्चालन
गरिएको आन्दोलनलाई के भनिन्छ ?
-Earth first
१५.विश्वको
इतिहासमा मानव अधिकारको सम्बन्धमा पहिलो लिखित दस्तावेज केलाई भनिन्छ ?
- म्याग्नाकार्टा
१६.विश्वकै
सर्वाधिक उचाइमा रहेको होटल कुन हो ?
- होटल एभरेष्ट
भ्यु(सोलुखुम्बु)
१७.वीर बलभद्र
कुँवरको नेपाल-अङ्ग्रेज वीच भएको कहाँको युद्धमा वीरतापूर्वक लडी राष्ट्रभक्तिको परिचय दिएका थिए ?
- नालापानीको युद्ध
१८.सन् २०१५ को
भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
- जापानका ताकाकी
काजिता र क्यानाडाको आर्थर बी.म्यावडोनाल्ड
१९.सन् २०१५ को
चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
- विलियम सी.क्यामबेल
(आयरल्यान्ड), सानोसी ओमुरा (जापान)र युयु टु (चीन)
२०.सन् २०१५ को
नोवेल शान्ति पुरस्कार कसलाई प्रदान गरियो ?
- ट्युनिसियाको
राष्ट्रिय वार्ताटोली
२१.सन् २०१५ को
साहित्यतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?
- बेलारुसी लेखिका
स्वेटलाना अलेक्सिभिच (साहित्यकार तथा पत्रकार)
२२.आयकर नियमावली,२०५९ को पाँचौ संशोधन कहिले भएको हो ?
- वि.सं.२०७२ असार
२९
२३.भन्सार
नियमावली,२०६४ को छैटौं संशोधन
कहिले भएको हो ?
- वि.सं.२०७२ असार
२९
२४.सङ्गीत प्रवीण
भनी नरराज ढकाललाई चिनिन्छ भने सङ्गीत शिरोमणि भनी कसलाई चिनिन्छ ?
- यज्ञराज शर्मा
२५.नदीको किनार
भए जस्तै समुद्रको के हुन्छ ?
- तट
२६.नेपालमा मात्र
सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता कुन हो ?
- हात्तीपोलो
२७.गैँडाको
खागबाट निर्मित पितृलाई तर्पण दिँदा प्रयोग गरिने भाँडोलाई के भनिन्छ ?
- खगौतो
२८.रुपसे झरना
म्याग्दी जिल्लामा पर्दछ भने सुलिगढ झरना कहाँ पर्छ ?
- डोल्पा
२९.जापानको
पुरानो नाम निप्पोन हो भने नेदरल्यान्डको पुरानो नाम के हो ?
- हल्यान्ड
३०.नेपालको
सबभन्दा पुरानो मुर्ति विरुपाक्ष हो भने सबभन्दा सानो मुर्ति कुन हो ?
- पाटनको
विश्वरुपको मुर्ति
३१.परादित्य गढी
महोत्तरी जिल्लामा पर्दछ भने दुगुनागढी कहाँ पर्दछ ?
- सिन्धुपाल्चोक
३२.चन्द्र-सूर्य
अङ्कित नेपालको राष्ट्रिय झण्डाका डिजाइनर को हुन् ?
- शङ्करनाथ रिमाल
३३.वि.सं.२०७१
असोज २ (१८ सेप्टेम्बर २०१४)मा मनाइएको प्रथम परिवार दिवसको नारा के थियो ?
- व्यवस्थित परिवार: स्वास्थ्य र विकासको आधार
३४.दुई मुलुक
वीचको सीमारेखामा स्थापित सीमास्तम्भबाट दुवैतर्फ दस-दस गज चौडा खाली छाडिएको जमिनलाई के भनिन्छ ?
- दसगजा क्षेत्र (No-man's
Land)
३५."अति
महत्वाकांक्षाले देवतालाई पनि पतन गराउँछ ।"भन्ने विचारक को हुन् ?
- सेक्सपियर
३६.धिमाल भाषाको
पहिलो चलचित्र 'उनी' हो भने नेवारी भाषाको पहिलो चलचित्र कुन हो ?
- शिलु
३७.नेकपा
(एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली नेपालको प्रधानमन्त्री
पदमा कहिले
निर्वाचित भए ?
- वि.सं.२०७२ असोज
२४ (उनी नेपालको ३८ औं प्रधानमन्त्री तथा कम्युनिष्ट प्रधानमन्त्रीमा छैटौं हुन ।)






0 comments:
Post a Comment