१. सातौं राष्ट्रिय
खेलकुद प्रतियोगिता कहिले हुने भएको छ ? उत्तरः वि.सं. २०७२ फागुन १८-२३ (यसअघि २०७२ मंसिर ११-१८ गते गर्ने
निर्णय गरिएको थियो ।)
२. फ्रान्सको
राजधानी पेरिसस्थित नाट्यशाला, कन्सर्ट हल, स्टेडियम लगायत आधा दर्जनभन्दा बढी स्थानमा
आतङ्ककारी हमला कहिले भयो ?
उत्तरः
सन् २०१५ नोभेम्वर १३
३. दक्षिण एसियाली
क्षेत्रीय सहयोग संगठन (SAARC) को स्थापना कहिले भएको हो ? उत्तरः सन १९८५ डिसेम्वर ८
४. संयुक्त राष्ट्र
संघको प्रधान कार्यालय कहाँ रहेको छ ? उत्तरः न्यूयोर्क अमेरिका
६. नेपालमा सर्वप्रथम प्रयोगमा ल्याइएको कम्प्युटर कुन हो ? उत्तरः आइविएम-१४०१
७. वि.सं.२०७२ मंसिर १ मा कति औं राष्ट्रिय कर दिवस मनाइयो ? उत्तरः चौथो
८. नेपालको सवैभन्दा प्रतिष्ठित मानपद्वी "नेपाल रत्न" प्राप्त गर्ने पहिलो
व्यक्ति को हुन् ? उत्तरः गणेशमान सिंह
९. "महान जीवनका लागि महान सपना आवश्यक छ" भन्ने
विचारक को हुन् ? उत्तरः एनिस निन
१०. महालेखा परीक्षकबाट कानूनद्वारा निर्धारित तरिका बमोजिम कुन-कुन कुराको
विचार गरी लेखा परीक्षण गर्नुपर्ने व्यवस्था छ ? उत्तरः
नियमितता मितव्ययिता कार्यदक्षता प्रभावकारिता र औचित्यता समेतको विचार गरी
११. नेपालको पहिलो बैंक कुन हो ? उत्तरः नेपाल
बैंक लिमिटेड
१२. विश्व प्रशिद्ध कलाकार लियोनार्दो दा भिन्चीको जन्म कहिले र कहाँ भएको
थियो ? उत्तरः सन् १४५२ अप्रिल १५, इटाली
१३. लियोनार्दो दा भिन्चीको सवैभन्दा चर्चित सिर्जना कुन हो ? उत्तरः मोनालिसा
१४. सवैभन्दा अग्लो एवं लामो घाँटी भएको जनावर कुन हो ? उत्तरः जिराफ
१५. जैविक विविधताका हिसावले विश्वको सवैभन्दा समृद्ध राष्ट्र कुनलाई मानिन्छ ?
उत्तरः इन्डोनेसिया
१६. विश्वको सर्वोच्च संस्था फिफा ले अखिल नेपाल फुटबल संघ एन्फा का अध्यक्ष
गणेश थापालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय फुटबल क्रियाकलापमा सहभागी हुन नपाउने
गरी कति वर्षका लागि प्रतिवन्ध लगाउने भएको छ ? उत्तरः
१० वर्ष
१७. उत्तरपुस्तिका परीक्षण सम्बन्धमा प्रयोग हुने कम्प्युटराइज्ड विधि (OMR) को पुरा रुप के हो ? उत्तरः Optical
Mark Reader
१८. सवैभन्दा छिटो बढ्ने वनस्पति कुन हो ? उत्तरः
वाँस
१९. अरुद्वारा गाइएको गीतमा ओठ चलाएर गाएजस्तो गर्नुलाई के भनिन्छ ? उत्तरः लिप सिङगिङ
२०. नेपालको पहिलो कारागार केन्द्रीय कारागार को स्थापना कहिले भएको हो ? उत्तरः वि.सं.१९५१ वीरशमशेरको पालामा
२१. "पोलिटिक्स" नामक प्रसिद्ध ग्रन्थ कसले लेखेका हुन् ? उत्तरः अरस्तु
२२. नेपालको संविधानको भाग ३ मा कति प्रकारका मौलिक हकको व्यवस्था गरिएको छ ? उत्तरः ३१ (धारा १६-४६ सम्म)
२३. नेपालको संविधान, २०७२
को कुन धारामा लोकसेवा आयोग सम्बन्धी व्यवस्था रहेको छ ? उत्तरः
धारा २४२ (भाग २३)
२४. २०७२ कात्तिकमा सम्पन्न नवौं संस्करणको "याक अट्याक साइक्लिङ रेस" को उपाधि कसले जित्यो ? उत्तरः नेपालका अजय पण्डित क्षेत्री (द्वीतीय-
अष्ट्रेलियाका पिटर बुट एवं तृतीय- नेपालका नारायणगोपाल महर्जन)
२५. लिच्छविकालमा कपडामा लगाउने करलाई के भनिन्थ्यो ? उत्तरः चैलकर
२६. विचित्रताको महादेश भनी कुन महादेशलाई चिनिन्छ ? उत्तरः
अष्ट्रेलिया
२७. नेपालको कुन क्षेत्रलाई अन्न भण्डार भनी चिनिन्छ ? उत्तरः तराई
२८. नेपालमा सवैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो ? उत्तरः सोलुखुम्वु
२९. नेपालको इतिहासमा स्वर्णयुग भन्नाले कुन काललाई जनाउँछ ? उत्तरः लिच्छविकाल
३०. नेपालको ताजमहल भनी चिनिने पाल्पाको रानीमहल कसले बनाए हुन् ? उत्तरः खड्गशमशेर
३१. भारतपछि दक्षिण एसियामा सवैभन्दा बढी भाषा भएको देश कुन हो ? उत्तरः नेपाल
३२. २०६८ को जनगणनाअनुसार भोटबर्मेली भाषा परिवार अन्तर्गतका भाषा मध्ये
नेपालमा सवैभन्दा बढी जनसंख्याले बोल्ने भाषा कुन हो ? उत्तरः
तामाङ
३३. महिलाहरुको आर्थिक सामाजिक तथा राजनीतिक पक्षमा सहभागिता पहुँच एवं
नियन्त्रण तथा उपयोग गर्नसक्ने ज्ञान सीप र क्षमताको प्रवर्द्धन गर्ने कार्यलाई के
भनिन्छ ? उत्तरः महिला सशक्तिकरण
३४. वाणिज्यको खैरो कागज भनि कुन नगदे बालीलाई चिनिन्छ ? उत्तरः सनपाट
३५. "साच्चै बुद्धिमान त्यही हो, जो क्रोधको अवस्थामा पनि
नराम्रा शव्द प्रयोग गर्दैन" भन्ने विचारक को हुन् ? उत्तरः शेख सादी
३६. बढी उमेरका खेलाडी खेलाएको भनी एसियाली फुटवल महासंघ (एएफसी) ले
नेपालको कुन उमेर समूहको फुटवल टिमलाई अर्को वर्ष भारतमा हुने च्याम्पियनसिपमा
खेल्न प्रतिवन्ध लगाएको छ ? उत्तरः यु-१६ फुटवल टिम
............................................................................*.................................................






0 comments:
Post a Comment