Breaking News
Loading...

२०७२ मंसिर ९ गते बुधवार गोरखापत्रमा प्रकाशित वस्तुगत प्रश्नोत्‍तरः

१. म्यानमारमा सन् २०१५ नोभेम्वरमा सम्पन्न आम निर्वाचनमा कुन दलले दुई तिहाई बहुमत ल्याउन सफल भएको छ ?
उत्तरः नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)
२. नेपालमा राष्ट्रिय कफी दिवस कहिले मनाइन्छ ?
उत्तरः मंसिर १ गते (२०७२ मंसिर १ मा ११ औं राष्ट्रिय कफी दिवस मनाइएको साथै यस वर्षलाई कफी नर्सरी उत्पादनको वर्षका रुपमा घोषणा गरिएको ।)
३. वि.सं.२०७२ मंसिर १ मा मनाइएको चौंथो राष्ट्रिय कर दिवसका अवसरमा प्रकाशन गृहहरु मध्ये सवैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा सम्मानित हुने संस्था कुन हो ?
उत्तरः गोरखापत्र संस्थान
४. आवाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले २०७२ सालको षडानन्द राष्ट्रिय पुरस्कार कसलाई प्रदान गर्‍यो ?
उत्तरः भोजपुरको षडानन्द उच्च मा.वि.

५. सरकारले हालै वीस वर्षे कृषि विकास रणनीति कहिले सार्वजनिक गर्‍यो ?
उत्तरः वि.सं.२०७२ मंसिर ४
६. सन् २०१५ नोभेम्वरमा टर्कीको अन्तालियाम सम्पन्न "मिसेस टप अफ द वर्ल्ड-२०१५" को उपाधि जित्ने सुन्दरी को हुन् ?
उत्तरः बुल्गेरियाकी गालेना डिमोभा
७. "एभरेष्ट ट्रायल रेस अन्तर्राष्ट्रिय म्याराथन" को उपाधि जित्ने धावक को हुन् ?
उत्तरः नेपाली सेनाका भीमबहादुर गुरुङ
८. "व्यवसायका दुई भाग छन् : बजारीकरण र नवप्रवर्तन ।" भन्ने भनाइ कसको हो ?
उत्तरः पिटर ड्रकर
९. २०७२ मंसिर ३ को मन्त्रीपरिषद बैठकले नेपालका कुन राष्ट्रिय विभूतिको जन्मदिनमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ?
उत्तरः महागुरु फाल्गुनन्द
१०. "वर्ल्ड हस्पिटालिटी अवार्ड-२०१५" बाट सम्मानित हुने नेपाली को हुन् ?
उत्तरः महेश ढकाल (साङ्ग्रीला होटलका एक्जुकेटिभ सेफ)
११. दिगो सहर निर्माण विषयमा काठमाडौंमा "सेप साउथ एसिया-२०१५" कहिले सम्पन्न भयो ?
उत्तरः वि.सं.२०७२ मंसिर ४-५ (सन् २०१५ नोभेम्वर २०-२१)
१२. पृथ्वीलाई आफ्नो अक्षमा एकपटक घुम्न लाग्ने समयलाई के भनिन्छ ?
उत्तरः पृथ्वीको परिभ्रमण
१३. पूर्वजबाट सरेर नआएको तर नयाँ सन्ततिमा देखा पर्ने गुणलाई के भनिन्छ ?
उत्तरः उत्परिवर्तन
१४. सन् २०१५ नोभेम्वरमा अर्जेन्टिनामा सम्पन्न राष्ट्रपति निर्वाचनमा को विजयी भएका छन् ?
उत्तरः माउरिसियो माकरी
१५. वि.सं.२०७२ मंसिर ६ मा राजधानीमा सम्पन्न दसौं दक्षिण एसियाली वृत्तचित्र महोत्सवमा प्रथम हुने वृत्तचित्र कुन हो ?
उत्तरः अ वालनट ट्री
१६. परराष्ट्र मन्त्रालयले हस्तलिखित पासपोर्टमा यात्रा गर्न पाउने म्याद सकिएकै दिन अनलाइन राहदानी फाराम दर्ता सुरु कहिले प्रारम्भ गर्‍यो ?
उत्तरः वि.सं.२०७२ मंसिर ७
१७. नेपालमा हालसम्म तीन वर्षे अवधिका आवधिक योजना कतिओटा आएका छन् ?
उत्तरः चार ओटा (दोस्रो, एघारौं, बाह्रौं र तेह्रौं)
१८. नेपालका राष्ट्रिय विभूति अमरसिंह थापाको निधन कुन ठाउँमा भएको थियो ?
उत्तरः गोसाइँकुण्ड
१९. कुन भाषालाई ताजपुरी भाषा पनि भनिन्छ ?
उत्तरः राजवंशी
२०. प्रत्येक वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार कति जनालाई प्रदान गरिन्छ ?
उत्तरः १० जना (सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार १ जना र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने गरिन्छ ।)
२१. मनकामना मन्दिरमा कुन जातिका व्यक्ति पुजारी हुने चलन छ ?
उत्तरः मगर
२२. क्षेत्रफलका हिसावले सवैभन्दा ठूलो सार्क राष्ट्र भारत हो भने सवै भन्दा सानो सार्क राष्ट्र कुन हो ?
उत्तरः माल्दिभ्स
२३. सीएनएन हिरो-२०१५ को उपाधि जित्न सफल समाजसेवी को हुन् ?
उत्तरः म्यागी डोयन



0 comments:

Post a Comment